• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरका भूकम्प प्रभाविततद्वारा अनुदान रकम फिर्ता

भोजपुरका भूकम्प प्रभाविततद्वारा अनुदान रकम फिर्ता


समायोजन खबर
  • बुधबार, पौस ११ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर भोजपुर,
    भोजपुरका एक भूकम्प प्रभावितले अनुदान रकम फिर्ता गरेका छन् । ५० हजारले घरको जगसम्म उठाउन नपुग्ने तथा पारिवारिक समस्या रहेको भन्दै षडानन्द नगरपालिका वडा नम्बर १३ वोयाका यदु कुमार श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त घर पुननिमार्णको लागि लिएको अनुदान बापतको रकम फिर्ता गर्नुभएको हो । श्रेष्ठले जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुर मार्फत् राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणलाई अनुदान फिर्ता गर्नुभएको हो ।

     

    लाभग्राहि श्रेष्ठले घर बनाउन नसक्ने भनेर कार्यालयमा निवेदन दिएपछि फिर्ता गरिएको रकम प्राधिकरणको राजस्व खातामा जम्मा गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भोजपुरका प्रमुख राजन राज रेडिले जानकारी दिनुभयो ।
    २०७५ पुस ११ गते बिहान ९ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology