• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इलाममा मेची पर्यटन महोत्सव हुने

इलाममा मेची पर्यटन महोत्सव हुने


समायोजन खबर
  • बिहिबार, पौस ५ २०७५

  • समायोजन खबर इलाम,
    प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ ।


    इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ देखि १६ गतेसम्म हुन लागेको महोत्सवमा आ–आफ्ना जिल्लामा उत्पादित सामग्रीको विभिन्न स्टलहरु रहनेछन् । यस्तै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिनेछ । महोत्सवमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिका सचिव देवी पौडेलले जानकारी दिए ।

    उनका अनुसार, बाह्र दिनसम्म चल्ने महोत्सवमा एक सय ५० व्यावसायिक स्टल रहनेछन् । जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुती रहनेछ । महोत्सवको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतबाट हुने बताइएको छ । महोत्सवमा भारतीय भूभाग सिक्किम, दार्जि्लिङ, कोलकत्तालगायतका क्षेत्रबाटसमेत चर्चित व्यक्तिहरुको सहभागीता रहनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology