• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुस्थित इम्जा हिमतालमा नेपाली सेनासहितका प्राविधिकहरुले पानीको सतह घटाए ।

सोलुखुम्बुस्थित इम्जा हिमतालमा नेपाली सेनासहितका प्राविधिकहरुले पानीको सतह घटाए ।


समायोजन खबर
  • बिहिबार, फाल्गुन १९ २०७३

  • समायेाजन खबर,सेालुखुम्बु

    १६ हजार ४ सय फिटको उचाइमा रहेको सोलुखुम्बुस्थित इम्जा हिमतालमा नेपाली सेनासहितका प्राविधिकहरुले ‍पानीको सतह  घटाइसकेका छन् ।

    सोलखुम्बु जिल्लाको सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमताललाई नेपालको दोस्रो जोखिमपूर्ण हिमतालका रुपमा लिइन्छ। झण्डै साढे १६ हजार फिट उचाइमा अवस्थित यो ताल सवा एक किलोमिटर क्षेत्रफलमा फैलिएको छ र डेढ सय मिटर गहिरो छ। सबै हिमतालको पानीको सतह घटाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। यसअघि च्छो रोल्पा हिमतालको पानी घटाउने यस्तै कामको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको थियेा ।

    हिमतालको पानीको सतह घटाउन प्रयोग हुने उपकरण तथा निर्माण सामाग्री उच्च हिमाली भेगसम्म पुर्याउन निकै कठिनाई बेहोर्नुपरेको नेपाली सेनाले बताएको छ।

    सैनिक टोलीलाई सहयोग गर्न स्थानीय शेर्पाहरु पनि खटिएका थिए । उक्त काममा ३१ सैनिक र ६५ जना गैरसैनिक संलग्न रहेको सेनाले जनाएको छ।

    एउटा कुलो बनाएर इम्जा हिमतालको पानी बाहिर पठाउने उक्त परियोजनामा नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले मद्दत गरेका  छन्।

    कुलोबाट पानी बाहिर पठाइएपछि इम्जा हिमताल फुट्ने खतरा न्यूनीकरण हुने अधिकारीहरुको विश्वास छ। यो नेपालमा हालसम्मकै सबैभन्दा उचाइमा गरिएको यस्तो प्रकृतिको जोखिम न्यूनीकरण गर्ने प्रयास हो।

    ५० मिटर लामो कुलो खनेर इम्जा हिमतालको पानी इम्जा खोला हुँदै दुधकोशी नदीमा मिसाउने प्रयास गरिएको छ। यो कामका लागि कूल ३० लाख अमेरिकी डलर खर्च हुने बताइएको छ।

    इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको बताइन्छ। यो परियोजना अन्तर्गत पानीको सतह ३ मिटर घटाउने लक्ष्य लिइएको थियो।

    उच्च हिमाली क्षेत्रमा काम गरेको अनुभव भएका सैनिकहरु इम्जा हिमतालको पानी घटाउने काममा परिचालित भएको नेपाली सेनाले बताएको छ।

    इम्जा हिमतालमा जोखिमपूर्ण ढंगले जम्मा भएका पानी निकास मार्फत बाहिर निकाल्ने उक्त परियोजनाको काम लगभग सकिएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्।

    bbcnews

     

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology