समायोजन खबर भदौ/९ पाँचथर,
प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरणमा तथा प्राकृतिकरुपमा सुन्दर देखिएको छ । उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । पछिल्ला वर्षमा मानिसको आकर्षण र चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो ।
चार हजार ४४८ मिटर उचाइमा यही भदौ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । महोत्सवका लागि १४ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न १०१ सदस्यीय मूल आयोजक समिति र नौ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । हिमाली क्षेत्रका रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महोत्सवमा अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दूधजन्य उत्पादनको प्रदर्शनीलगायत राखिएको छ ।
जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माइकोपिलाजस्ता फूल तथा बहुमूल्य जडीबुटी अवलोक गर्न पाइन्छ । तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भीम भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने विश्वास आयोजकको छ । तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने व्यवस्था गर्ने तयारीसमेत गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामकोसन्दकपुर हुँदै यहाँ पुगिन्छ । रासस
२०७५ भदौ ९ गते राती ९ :०० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology