काठमाडौ :- नेपालका लागि भारतीय राजदुत रन्जित रे आफनो कार्यकाल पुरा गरी स्वदेश फर्कदै छन । स्वदेश फर्कने क्रममा राजदुत रेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गरेका छन् ।
कार्यकाल पूरा गरी दिल्ली फर्किन लागेका रेले मंगलबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा पुगी प्रधानमन्त्री दाहालसंग अन्तिम विदाइ भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रेको कार्यकाल प्रभावकारी र सन्तुलित रहेको प्रतिक्रिया दिए। उनले नेपाल र भारतबीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले रेको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरूले तीब्रता पाएको, द्विदेशीय अनुगमन संयन्त्रको कार्यसम्पादन प्रभावकारी भएको र दुई देशबीच उच्चस्तरीय भ्रमण भएको भन्दै आगामी दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे। भेटमा राजदूत रेले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सहयोग पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology