समायोजन खबर, जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्।
यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।
नेपाल प्रहरीले आज अपराह्न ५ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १७० जना घाइते भएका छन्।
गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology