समायोजन खबर, नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो।
१५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन्। अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology