समायोजन खबर, पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।
नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।
पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।
विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology