• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संक्रमणमुक्त हुने दोब्बर, यी जिल्लामा ५ सय भन्दाबढी संक्रमित

संक्रमणमुक्त हुने दोब्बर, यी जिल्लामा ५ सय भन्दाबढी संक्रमित


समायोजन खबर
  • बुधबार, माघ १९ २०७८

  • समायोजन खबर, देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो।

    यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उहाँले बताउनुभयो। हालसम्म आठ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ।

    बाह्रको निधन

    मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा सङ्क्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिनुभयो। हालसम्म ११ हजार ७६४ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।

    यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १६ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन्।

    यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन्। ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन्। नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत रहेको छ।

    हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ। आज करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका प्रवक्ता डा मिश्राले आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology