समायोजन खबर, नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ।
डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो। २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो। त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ। यो मूल्य पनि अहिलेसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ। यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ। मूल्य बढाउँदा पनि १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटा हुने आयल निगमले जनाएको छ।साभार : उज्यालो
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology