• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भ्वाइसका फाइनलिस्ट रोशनलाई पत्रकार महासंघले गर्‍यो ४० हजार बढी सहयोग

भ्वाइसका फाइनलिस्ट रोशनलाई पत्रकार महासंघले गर्‍यो ४० हजार बढी सहयोग


समायोजन खबर
  • शुक्रबार, बैशाख १९ २०८२

  • भ्वाइसका फाइनलिस्ट रोशन राई(पालुवा स्टार)

    समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले ‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजनका फाइनलिस्ट रोशन राई(पालुवा स्टार)लाई आर्थिक सहयोग गरेको छ।

    हिमालय टेलिभिजनबाट प्रसारण हुने भ्वाइसमा टीम मेलिना राईबाट फाइनलिस्ट बनेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रोशनलाई महासंघको पहलमा शुक्रबार ४० हजार ८७० रुपैयाँ बराबरको भोट गरिएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रोशनलाई एक लाख रुपैयाँको भोट गरेको जनाएको छ। रोशनलाई भ्वाइसको ट्रफी जिताउन जिल्लावासी यतिबेला एकजुट भएर लागि परेका छन्।

    भ्वाइसको ग्राण्ड फिनाले आज शुक्रबार राती ८ बजेपछि हुँदैछ। फाइनलिस्टहरुलाई खल्ती एपवाट भोट गर्न सकिन्छ।

    रोशनसँगै टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे र टीम राजु लामाबाट प्रमेश राई प्रतिस्पर्धा गर्दैछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology