योगिन राई खोटाङ, नेपाली लोकसंगीतमा गहिरो प्रभाब पारेको गीत ‘लेखेको भाबि मेटिदैन’को फिमेल भर्सन सार्वजनिक भएको छ। यस गीतलाई अगाडी नै गायक राजेशपायल राईले गाईसकेका थिए भने अहिले केही फरक शैलीमा लोकप्रिय गायिका सुनिता थेगिमले गाएकी छिन।
गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ। गीतमा बिकास संगम राईको शब्द, स्वर्गीय बिक्रम राईको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ। सार्वजनिक भएको नयाँ भर्सनको भिडियोमा बिकास राई र चाहना मगरसँगै अन्य चर्चित कलाकारहरु श्याम राई र कबिता आले मगरको अभिनय रहेको छ।
भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने यसको कथा निर्देशक कुशुम लत्ता राईले गरेकी हुन्। कलाकारहरुको सशक्त अभिनय र उत्कृष्ट निर्देशन पक्ष रहेको भिडियो मकवानपुरको चित्लाङ्गमा छायाङ्कन गरिएको हो।
अघिल्लो संस्करणमा सबैको मन मुटुमा बस्न सफल गीतले यस संस्करणमा समेत सबैको मन जित्ने आशा गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology