• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभर २,४४४ जनामा कोरोना संक्रमण

देशभर २,४४४ जनामा कोरोना संक्रमण


समायोजन खबर
  • मंगलबार, पौस २७ २०७८

  • समायोजन खबर, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,२८६ सहित देशभर २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सोही अवधिमा देशभरमा थप ३१३ जना निको भएका छन्। हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology