• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

झण्डै आठ हजार कोरोना संक्रमणमुक्त

झण्डै आठ हजार कोरोना संक्रमणमुक्त


समायोजन खबर
  • बुधबार, जेष्ठ ५ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन् ।

    गत २४ घण्टामा थप आठ हजार १७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन विधिबाट परीक्षण गर्दा १०९ जनामा पोजेटिभ देखिएको हो ।

    पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना गरी दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    चौबीस घण्टामा २४६ जनाको निधन

    यस अवधिमा २४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । हालसम्म कोरोनाका कारण पाँच हजार ६५७ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology