समायोजन खबर, नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।
यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।२०७७ असोज ४ गते दिउँसो २ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology