समायोजन खबर खोटाङ, कोरोना सङ्क्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
मिर्चैयामा ग्यास व्यवसायी सञ्चालन गर्दै आएका ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताउनुभयो ।
मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौँ पु¥याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।२०७७ भदौ २२ गते साँझ ६ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology