समायोजन खबर खोटाङ, कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने सेवा अब घरमै बसेर गर्न सकिने भएको छ । भदौ १ गतेदेखि कार्यालयबाट हुने सेवा अनलाइनमार्फत घरबाटै गर्न सकिने व्यवस्था गरिएको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।
बुधबार एक सूचना निकालेर कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले भदौ १ गतेदेखि अनलाइनमार्फत पेस गरिएका कागजातलाई नै आधिकारिक मानेर काम गरिने हुँदा प्रस्तावित प्रबन्धपत्र र नियमावलीको दुई प्रति बाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने उल्लेख गरिएको छ ।
यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल नबनाउने र अर्को पटक काम गर्दा अनलाइनबाट नै पेस गरिएका विवरण र विद्युतीय अभिलेखलाई आधार मानिने छ । यस्तै सबै खाले नयाँरपुराना कम्पनीले अब कम्पनी ऐन २०६३ अनुसार कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदनलगायतका सबै विवरण अनलाइनबाट मात्रै बुझाउनु पर्नेछ ।२०७७ साउन २८ गते साँझ ६ :२४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology