• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो


समायोजन खबर
  • मंगलबार, साउन २७ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३९ हजार २१२ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरीमा एक करोड ३१ लाख ९० हजार ५१६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

    विश्वभरमा हाल ६३ लाख २९ हजार ८३६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४४६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

    दक्षिण अमेरिकामा ४८ लाख २६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख ८२ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३६ हजार २२७ जनाको मृत्यु भएको छ ।

    युरोपमा ३० लाख ६४ हजार ७२१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार ४०५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ११ हजार २५३ जनाको मृत्यु भएको छ ।

    अफ्रिकामा दश लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ६४३ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)२०७७ साउन २७ गते दिउँसो २ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology