समायोजन खबर खोटाङ, आगामी २४ घण्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षा हुने सम्भावना छ ।
त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागकाअनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था छ ।२०७७ साउन ५ गते अपरान्ह ३ : ३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology