• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्वभर कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो


समायोजन खबर
  • सोमबार, असार १ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर  काठमाण्डौ, विश्वभर कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो एक दिनमा मात्रै विश्वमा एक लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको ज्यान गएको छ ।

    अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना सङ्क्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको ज्यान गएको छ ।

    यस्तै, सङ्क्रमण धेरै भएको देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा ४ लाख ५३ हजार ५ सय ६८ जनाले कोरोनालाई जितेका छन् भने ४३ हजार ३ सय ८९ जनाको ज्यान गएको छ ।

    यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना सङ्क्रमित छन् भने ७ हजार ९१ जनाको ज्यान गएको छ । रुसमा २ लाख ४५ हजार ५ सय ८० जना निको भएका छन् । चौथो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्या ३ लाख ३२ हजार ७ सय ८३ पुगेको छ । भारतमा ९ हजार ५ सय २३ जनाको ज्यान गएको छ ।२०७७ असार १ गते दिउँसो २ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology