समायोजन खबर काठमाण्डाै, जापानमा सातवटा प्रान्तमा एक महिने लामाे आपत्काल घाेषणा गरिएकाे छ । काेराेना भाइरस (काेभिड १९) बाट प्रभावित आपत्काल घाेषणा गरिएका सात प्रान्तमा राजधानी टाेकियाे पनि पर्छ । याे आपत्काल आउँदाे मे महिनाकाे ७ तारिखसम्म लागु हुनेछ ।
मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जाे अबेले आपत्कालकाे घाेषणा गरेका हुन् । एक महिने लामाे आपत्काल काेराेना भाइरसकाे सङ्क्रमण राेक्नका लागि लगाइएकाे हाे ।
मङ्गलबार जापानमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार ९ सय ६ पुगेकाे छ । याे सङ्ख्या गएकाे हप्ताकाे तुलनामा दाेब्बरले बढी हाे । जापानमा काेराेना सङ्क्रमणबाट अहिलेसम्म ९३ जनाकाे ज्यान गइसकेकाे छ । २०७६ चैत २६ गते बिहान ९ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology