समायोजन खबर काठमाण्डौ, विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । अहिलेसम्म दुई सय ६ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना सङ्क्रमणका कारण १२ लाख एक हजार ९ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका छन् ।
आठ लाख ९० हजार पाँच सय ९४ जनाको उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार सात सय २७ पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ ।
यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा विभिन्न देशमा पाँच हजार पाँच सय एक जनाको ज्यान गएको छ भने ८४ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।२०७६ चैत २३ गते बिहान ९ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology