समायोजन खबर काठमाण्डाै, विश्वभर झण्डै साढे दुई लाख कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । दुई सय पाँच देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन् ।
विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेकाे छ । ६४ हजार ६ सय ६२ जनाको भने ज्यान गएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।२०७६ चैत २३ गते बिहान ८ :१२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology