• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२ सय ५ देशमा कोरोना संक्रमण फैलियो

२ सय ५ देशमा कोरोना संक्रमण फैलियो


समायोजन खबर
  • शनिबार, चैत्र २२ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिँदा संक्रमितको संख्या १० लाख ९६ हजार ८ सय ८२ पुगेको छ ।

    अहिलेसम्म १० लाख ९६ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ । ५९ हजार १ सय ३४ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै १३ सय १४ जनाको ज्यान गएको छ ।

    योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । यस्तै इटलीमा सबैभन्दा धेरै साढे १४ हजारभन्दा धेरै, स्पेनमा ११ हजारभन्दा धेरै, फ्रान्समा साढे ६ हजार भन्दा धेरै, इरानमा ३ हजार भन्दा धेरैको ज्यान गएको छ ।गएको २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ९ सय ६६ जनाको ज्यान गएको छ भने ८१ हजार ८ सय १७ जना नयाँ विरामी थपिएका छन् ।२०७६ चैत २२ गते बिहान १० :०२ मा प्रकाशित ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology