• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारलाई विशेष प्याकेज ल्याउन पारिश्रमिक निर्धारण समिति अध्यक्ष अर्यालको माग

पत्रकारलाई विशेष प्याकेज ल्याउन पारिश्रमिक निर्धारण समिति अध्यक्ष अर्यालको माग


समायोजन खबर
  • बुधबार, चैत्र १९ २०७६

  • न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल।

    समायोजन खबर काठमाण्डौ, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्न भएको छु । कोरोना महामारीका कारण उत्पन्न कठिन परिस्थितिका बावजुद पत्रकारहरु अहोरात्र खटेर काम गरिरहेको अवस्थामा प्याकेजमा उनीहरुलाई छुटाउन नहुने अध्यक्ष अर्यालले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गर्नु भएको हो । ।सरकारले अन्य वर्ग र समुदायका लागि राहत प्याकेज घोषणा गरेको तर पत्रकारका लागि प्याकेज नल्याएकोमा समितिको गुनासो छ ।

    ‘श्रमजीवी पत्रकारहरु अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने, यो जोखिमबाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका छन । उनिहरु अहिले फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने अवस्था छ र गरिरहेका पनि छन्,तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनिहरुका सम्बन्धमा केही बोलिएको छैन,’ विज्ञप्तिमा उल्लेख छ । यस्तै श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि पनि सरकारले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायत विषयमा सम्बन्धित मिडिया गम्भीर बन्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।२०७६ चैत्र १९ गते दिउँसो २ : ५१ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology