समायोजन खबर, स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि ४ जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले बताएका छन् ।
संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ । बिगत चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन् । उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन् । संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन् । २०७६ चैत्र १९ गते बिहान ७ : ५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology