• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज रातिदेखि कञ्चनपुर जिल्ला ‘लक डाउन’

आज रातिदेखि कञ्चनपुर जिल्ला ‘लक डाउन’


समायोजन खबर
  • आइतबार, चैत्र ९ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर धनगढी,कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

    यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ । प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘लक डाउन’ हुने बताए । ‘शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर हो’ उनले भने,‘ यो कर्फ्युजस्तै हो । यसलाई लक डाउन भन्दा पनि हुन्छ ।’ आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ । २०७६ चैत्र ९ गते राती ८ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology