समायोजन खबर काठमाडौं,
नोवल कोरोना (कोभिड-१९) भाइरसका कारण साढे दुई महिनामा पाँच हजार भन्दा बढीको ज्यान गएको छ । ३१ डिसेम्बरमा चीनको हुवे प्रान्तबाट सुरु भएको यो भाइरसका कारण शुक्रबार साँझसम्म ३९ देशमा पाँच हजार ८० जनाको मृत्यु भएको हो ।
१३२ देशमा फैलिएको कोभिड-१९ बाट सबैभन्दा बढी चीनमा ३ हजार १७७ जनाको ज्यान गएको छ । चीन बाहिर मृत्यु हुनेको संख्या एक हजार ९०३ पुगेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य माहामारी घोषणा गरेको कोरोनाको संक्रमण देखिएका मध्ये ७० हजार ७१६ जना निको भइसकेका छन् । सबै देशमा गरेर ६२ हजार ३६० जनामा मात्रै कोरोनाको संकेत बाँकी रहेको छ ।
०७६ फागुन ३० गते साँझ ६ : ५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology