समायोजन खबर काठमाण्डाै,
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन वार्डबाट सघन उपचार कक्ष अर्थात् आईसीयूमा सारिएको छ । उहाँको मिर्गौला प्रत्यारोपण सफल भएपछि अप्रेशन वार्डबाट सघन उपचार कक्षमा सारिएको शिक्षण अस्पताल अन्तर्गको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान सेन्टरले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले झण्डै आधा लिटर पिसाब फेरेको पनि अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको होस आइसकेको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो ।
प्रधानमन्त्री ओलीकाे सफल मिर्गाैला प्रत्याराेपणकाे कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएकाे हाे । उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नुभएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
२०७६ फागुन २१ गते साँझ ५:५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology