• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अभिनेत्री स्वेता खडका क्यान्सर अस्पताल बनाउदै

अभिनेत्री स्वेता खडका क्यान्सर अस्पताल बनाउदै


समायोजन खबर
  • मंगलबार, फाल्गुन २० २०७६

  • योगिन राई काठमाण्डौ,
    लामो समयदेखि समाजसेवामा सक्रिय अभिनेत्री स्वेता खडकाले क्यान्सर अस्पताल निर्माण गर्ने भएकी छन । ललितपुरको गोदावारी नगरपालिकाको छम्पिमा अस्पताल निर्माण गर्न लागेको हो । खड्का र क्यान्सर रोग बिशेषज्ञ डाक्टरहरुको समुह मिलेर नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सोमबार शिलान्यास गरिएको हो । अस्पतालको निर्माण कार्य २ बर्षमा सक्ने लक्ष्य लिइएको छ ।

    आफ्नो श्रीमान श्रीकृष्ण श्रेष्ठ र आफनो भिनाजुलाइ क्यान्सरबाट गुमाएकी स्वेताले क्यान्सर अस्पतालको स्थापना गर्न लागेका हुन । क्यान्सर अस्पताल निर्माण गर्ने ५ बर्ष अगाडिबाट सोच रहेको र नेपालको उत्कृष्ट क्यान्सर अस्पताल निर्माण गर्नमा कुनै कसर बाँकि नराख्ने स्वेताले बताएकी छन् । अस्पताल एक सय शैयाको बन्नेछ ।

    क्यान्सर रोगबाट पिडित तथा उपचार गर्न पैसा नभएकाहरुको लागि शस्तो र शुलभ मुल्यमा उपचार गर्न पाउन भन्ने उद्देश्यले अस्पतालको निर्माण गर्न लागिएको हो । अभिनेत्री खड्काले अस्पताल निर्माणको लागि सबैसँग सहयोगको अपिल गरेकी छन । अस्पतालबाट आफुहरुले पैसा कमाउने उद्देश्य नरहेको र समाजिक कार्यको लागि अस्पताल निर्माण गर्न लागिएको स्वेताले बताइन् । उनले भुकम्पले ध्वस्त भएको सिन्धुपलान्चोकमा माझी बस्ती निर्माण गरिरहेकी छिन् ।
    २०७६ फागुन २० गते साँझ ६ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology