समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीको एपेण्डिसाइटिसको अप्रेशन गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात् जनरल वार्डमा सार्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
२०७६ मंसिर १० गते मध्यान्ह १२ : ४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology