समायोजन खबर रसुवा,
रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो ।
गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । ठूलो गाउँमा रहेको ब्लु बेल इमेन्सल प्रालिले सञ्चालन गरेको उत्पादन केन्द्रले वार्षिक ६० केजी तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । यो समाचार आजको नागरिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।
२०७६ कार्तिक २१ गते बिहान ८ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology