• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु

गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु


समायोजन खबर
  • बिहिबार, कार्तिक १४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाडौं,

    पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।

     

    पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् । घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

    २०७६ कार्तिक १४ गते मध्यान्ह १२ : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology