• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल खुला दिसामुक्त देश घोषित

नेपाल खुला दिसामुक्त देश घोषित


समायोजन खबर
  • सोमबार, असोज १३ २०७६

  • समायोजन खबर काठमाण्डौ,

    नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

     

    उहाँले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट  नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराउनुभयो । सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।

     

    खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका धेरैजसो जिल्लाहरुमा अझै पनि शौचालयको पूर्ण कार्यान्वयन हुन सकेको छैन । तर, यसलाई पूर्ण सरसफाइ अभियानसँगै पूर्णता दिने ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवम् राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले बताउनुभयो । कतिपय जिल्लाहरुमा सबै घरमा चर्पी नै बनाइसकिएको छैन । केही घरमा चर्पीको प्यान जडान गरेको भए पनि प्रयोगमा आएकै छैन । खोलामा ढल बगिरहेकै छ । सार्वजनिक शौचालयको अभाव त कुरै नगरौँ, आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय नै भेटिँदैन । यस्ता समस्याकै बीचमा नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतार गर्नु सरकारको हतारो र काम देखाउने प्रवृृत्ति मात्र रहेको धेरैको आरोप छ ।

    २०७६ असोज १३ गते साँझ ५ : ५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology