• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने


समायोजन खबर
  • बुधबार, असोज १ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा अझै केही दिन नचल्ने भएको छ । गएको भदौ १४ गते चिनियाँ ह्याकरले काठमाण्डौको दरबारमार्गका विभिन्न एटीएम बुथमा पसेर प्रणाली नै ह्याक गरेर रकम निकालेपछि धेरै बैंकले आफ्नो कार्ड मात्रै एटीएममा चल्ने बनाएका थिए ।


    विशेषगरी नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्समा आबद्ध बैंकका नेपाल र भारतमा गरी ३ करोड रुपैँयाभन्दा धेरै रकम चोरी भएको थियो । त्यसपछि नेप्सले सम्बन्धित बैंक तथा वित्तीय संस्था बाहेक अरु बैंकको कार्डमार्फत भुक्तानी नदिने जनाएको थियो ।
    फरक बैंकको कार्ड अझै केही दिन नचल्ने नेप्सले जनाएको छ । तर प्वाइन्ट अफ सेल मेसिनबाट भने चिप भएका जुनसुकै बैंकका कार्ड प्रयोग गर्न खुला गरिएको नेप्सले जनाएको छ । फरक बैंकको भए पनि चिप्स भएका भिसा कार्डले पीओएस मेसिनमार्फत भुक्तानी गर्न सकिने नेप्सले जनाएको छ ।
    २०७६ असोज १ गते मध्यान्ह १२ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology