समायोजन खबर,
गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ ।
केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो । भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो । यद्यपी, ती कम्पनीहरुको विपरीत गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको भन्दै युट्यूब च्यानलहरु बन्द गरेको हो ।
‘यो हप्ताको सुरुमा समन्वित प्रभाव सञ्चालनबाट बच्नका लागि हामीले गरेको प्रयासलाई प्रभावित पार्न खोज्ने २१० ओटा युट्यूब च्यानललाई बन्द गरिएको छ । ती युट्यूब च्यानलले हङकङमा जारी विरोध झल्किने भिडियोहरु अप्लोड गरेको थिए’, बयानमा भनिएको छ । बीबीसीका संवाददाताले गुगलका प्रवक्तालाई ट्वीटरको जस्तै हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने विरुद्धको अभियान हो ? या हङकङ विरोधी आन्दोलनलाई कमजोर गर्ने रणनीति हो ? भनेर सोधेको प्रश्नमा गुगलका प्रवक्ताले केही बोल्न नचाहेको बीबीसीले जनाएको छ ।
गुगलले राज्य नियन्त्रित मिडिया संगठन जस्तैः चिनियाँ प्रचारक, सिन्ह्वाको विज्ञापन बिक्रीमा रोक लगाउने योजना बनाएको हो भन्ने बारेमा पनि केही बताएको छैन ।एजेन्सी,
२०७६ भदौ ६ गते दिउँसो २ : १५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology