• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

त्रिशूली दुर्घटना : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

त्रिशूली दुर्घटना : ज्यान गुमाउनेको संख्या ९ पुग्यो


समायोजन खबर
  • शुक्रबार, साउन २४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर धादिङ,
    धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक/एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो ।


    दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ । खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको उहाँले बताए । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो ।

    हराइरहेकाहरुको खोजीका लागि तनहुँ, गोरखा, चितवन र नवलपरासी प्रहरीसँग समन्वय भइरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । दुर्घटनामा परि घाइते भएकामध्ये ७ जना गजुरी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै १० जना घाइतेको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
    २०७६ साउन २४ गते राती ८ :५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology