• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फेसबुकलाई अहिलेसम्मकै धेरै जरिवाना

फेसबुकलाई अहिलेसम्मकै धेरै जरिवाना


समायोजन खबर
  • बिहिबार, साउन ९ २०७६

  • समायोजन खबर काठमाडौं,
    अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।
    एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन् । पछिल्लो समय फेसबुकको गोपनीयतालाई लिएर अनेक प्रश्न उठेका छन् । राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको विषयले त ठूलै हलचल आएको थियो । यो प्रकरणपछि एफटीसीले आरोपबारे छानबिन गरेको थियो । छानबिनका क्रममा फेसियल रिकग्निसन भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि प्रयोग गरिएको थियो ।


    अनुसन्धानका क्रममा प्रयोगकर्ताका डाटाहरु एउटा अनलाइन क्विजमार्फत जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको पुष्टि भएको थियो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र बेलायतको ब्रेक्जिट जनमत संग्रहको नतिजा प्रभावित पार्न पनि यस्ता डाटा प्रयोग गरिएको अभियोग लाग्दै आएको छ । गएको अक्टुबरमा क्याम्ब्रिज एनालिटीको डाटा विवादमा फेसबुकको भूमिकालाई जिम्मेवार ठर्हयाउँदै बेलायतको डाटा संरक्षण गर्ने एक सरकारी निकायले ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।
    फेसबुकले समिति बनाउने
    फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताको गोपनीयताप्रति सचेत रहेको बताउँदै आएका छन् । उनले विगतका कमजोरी सच्याउने प्रतिबद्धता पनि जनाइसकेका छन् । तर, अब यो प्रतिबद्धताले मात्रै नपुग्ने भएको छ । एफटीसीले फेसबुकमाथि जरिवाना गराउँदै एक समिति पनि निर्माण हुने जनाएको छ, जसले प्रयोगकर्ताको गोपनीयताबारे जाँच गर्नेछ ।
    यसरी निर्माण हुने समिति स्वतन्त्र हुनेछ । बीबीसी समाचारमा उल्लेख भएअनुसार यसमा फेसबुकका संस्थापक मार्क जुकरवर्गको कुनै पनि नियन्त्रण रहने छैन ।
    २०७६ साउन ९ गते बिहान ८ : ४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology