समायोजन खबर ओखलढुङ्गा,
घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–७ पात्लेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको मृत्यु भएको हो ।
शनिबार बिहान करिब १० बजेतिर घरमाथिबाट एक्कासी खसेको पहिरोले घरलाई पुरेपछि घरभित्र रहेका उनीहरुको मृत्यु भएको मोलुङ गाउँपालिका–७ पात्लेका वडाअध्यक्ष हेम कुमार सुनुवारले जानकारी दिए । पानी पर्न रोकिएपछि शेर्पाका श्रीमान घरबाहिर निस्किएको ५ मिनेटमै घरमाथिको सडक हुँदै आएको पहिरोले आमा छोरीको मृत्यु भएको बताइएको छ ।

घरभित्र एउटै खाटमा आमाछोरी सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको वडाअध्यक्ष सुनुवारले बताए । शेर्पाका श्रीमान घरबाहिर निस्किएकाले बाँच्न सफल भएका छन् । ढुंगामाटोले बनेको घर पहिरोका कारण पूर्ण रुपमा ध्वस्त भएको छ । पहिरोले घर पुरिएपछि वडाअध्यक्ष सुनुवारसहित १०० बढी स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा एउटै खाटमा दुई आमाछोरीको शव फेला परेको हो ।
२०७६ असार २८ गते साँझ ५ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology