समायोजन खबर काठमाण्डौ,
भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्किएका छन् । यी घटना यही जुलाई ९ देखि १२ सम्ममा भएका हुन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुने जिल्लाहरुमा उन्नाओ, अम्बेडकर नगर, प्रयागराज, बाराबाँकी, हार्डोइ, खिरी, गोरखपुर, कानपुर नगर, पिलिभित, सोनाभाद्र, चन्डोली, फिरोजवाद, माउ र सुल्तानपुर रहेका छन् । भारतको मौसम विभागले उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र, कोन्कान र गोआ, कोस्टल कर्नाटक, अरुणाञ्चल प्रदेश र नागाल्याण्ड, मणीपुर, मिजोराम र त्रिपुरालगायतका क्षेत्र पनि वर्षा र बाढी पहिरोले बढी प्रभावित भएका छन् । ती ठाउँहरुमा अझै केही दिन बर्षा र बाढी पहिरोको प्रभाव पर्ने विभागले अनुमान गरेको अधिकारीहरुले जनाएका छन् ।
२०७६ असार २८ गते मध्यान्ह १ : ३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology