• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कैलाली र कञ्चनपुरमा हावाहुरीले दुई जनाको मृत्यु

कैलाली र कञ्चनपुरमा हावाहुरीले दुई जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, जेष्ठ २४ २०७६

  • समायोजन खबर कञ्चनपुर,
    कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो । हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताउनुभयो ।


    मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनपुरमा पनि हावाहुरीका कारण २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमूख एसपी दिनेश कुमार आचार्यले बताउनुभयो । हावाहुरीले विद्युतको पोल ढलेका छन् भने अधिकांश घरको छाना उडाएको छ । हावाहुरीले टिनको छाना भएको घरमा धेरै क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अहिले हावाहुरी रोकिएको छ । हिजो साँझदेखि अवरुद्ध विद्युत आज विहानबाट सुचारु भएको छ ।
    २०७६ जेठ २४ गते बिहान ८ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology