समायोजन खबर काठमाण्डौ,
सरकारले आयोजना गरेको लगानी सम्मेलन सकिएपछि विदेशी पाहुनाहरु आज फर्किने भएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलन हिजो सकिएको छ । इच्छुक केही लगानीकर्तालाई नेपालको पर्यटकीय स्थल घुम्न समेत व्यवस्था गरिएको छ । सम्मेलनमा ६ सयभन्दा बढी विदशी लगानीकर्ता सहभागि भएका थिए ।

सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २७ गरी कूल ७७ परियोजनालाई सोकेसमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । लगानी बोर्डको सदस्य हरिभक्त शर्माले सरकारले आजैदेखि लगानी सम्मेलनमा आएका आवेदनमाथि छलफल सुरु गर्ने सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार समयमा लगानी ल्याउन विषेश छलफलका साथ अगाडी बढने पनि बताउनुभयो । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानीको चासो व्यक्त गरिएको छ ।
२०७५ चैत्र १७ गते बिहान ८ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology