• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरिया जान फारम भर्ने युवाहरुको घुँइचो

कोरिया जान फारम भर्ने युवाहरुको घुँइचो


समायोजन खबर
  • शनिबार, चैत्र ९ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेसँगै देशभरिका बैँकहरूमा युवाहरुको घुँईचो बढेको छ । हिजो एकैदिन मात्रै ५५ हजार युवाले आवेदन दिएका छन् । न खाई, न निदाई युवाहरू लाइन लागेको देख्दा स्वदेशमा रोजगारी सृजना नभएको भन्दै एकातर्फ सरकारको आलोचना भएको छ भने अर्कोतर्फ युवाहरु कोरिया पुगेपछिको योजनाका बारेमा पनि प्रष्ट छैनन् ।

     

    काठमाडौँको सुन्धारा, बानेश्वर, ठमेललगायत विभिन्न ठाउँका वैँकहरूमा सयौँ युवाहरु कोरिएन भाषा परीक्षाको लागि आवेदन भर्न तछाडमछाड गरिरहेका छन् । अस्ति मध्यरातिदेखि नै आवेदन खुल्यो । कोरिया जान पाइयो भने राम्रो आम्दानी गर्ने र भविष्य सुनिश्चित हुने विश्वास युवाहरूको छ । काभ्रेका २० वर्षीय केशव ओली पनि त्यही लाइनमा भेटिनुभएको थियो । सिन्धुलीका विकास महत कोरिया जानको लागि काठमाण्डौँ बसेको चार महिना भयो । १९ वर्षको समय पढ्ने, लेख्ने र आफ्नै खुट्टामा उभिन जग बनाउने भए पनि विकासलाई जसरी पनि कोरिया जाने हतारो छ ।

    सरकाले रोजगारी सिर्जना गर्ने बताइरहँदा विदेशको सीमित मागमा असीमित सङख्याका युवा लामबद्ध हुन्छन् । दक्षजनशक्ति नभएका कारण नेपालमा रोजगारी सिर्जना गर्न गाह्रो भयो भन्नुहुन्छ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट । १८ वर्ष पूरा भएका र ३९ वर्ष ननाघेका युवा कोरिया जान योग्य मानिन्छन् । त्यसअनुसार ६० हजारभन्दा बढी युवा त्यहाँ पुगिसके । सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ । वैदेशिक रोजगारीप्रतिको आकर्षण यतिका देखिनुमा मुलुकमा रोजगारीको सम्भावना नभएरै हो ? वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ युवाहरुको धेरै कमाउने चाहना र देशमा बढेको निराशाले युवालाई विदेश जान प्रेरित गरेको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष हुने गरेका छन् । सरकारले यसवर्ष मात्रै सीपमूलक तालिम सञ्चालनका लागि ७ अर्बभन्दा धेरै रकम खर्च गर्दैछ । रोजगारीका अवसर सिर्जना गर्ने घोषणा सरकारले एकातर्फ गरेको छ । तर दक्ष जनशक्ति श्रम बजारमा नआउँदा रोजगारी सिर्जा गर्ने सरकारको घोषणा कार्यान्वयनमा समस्या देखिने गरेको छ ।
    २०७५ चैत्र ९ गते बिहान ८ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology