• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला

कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला


समायोजन खबर
  • शुक्रबार, चैत्र ८ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ । भाषा परीक्षाका लागि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

     

    १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अरु देशमा जान रोक नलगाएका र कोरियामा ई–९/ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा आवेदन फारम ईपीएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने ईपीएस शाखाले जनाएको छ ।


    पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा ई–सेवामार्फत बुझाउन सकिने ईपीएस शाखाले जनाएको छ ।

    कोरियाली भाषा परीक्षा आउँदो जेठ २५ र २६ गते काठमाण्डौ र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ । अनलाइनबाटै फारम भर्न सकिने भए पनि आवदेन भर्नका लागि रातिदेखि नै काठमाण्डौका विभिन्न ठाउँमा आवदेकको भिड लागेको छ ।
    २०७५ चैत्र ८ गते बिहान ८ :११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology