समायोजन खबर काठमाण्डौ,
इराकको मोसुल शहरमा रहेको टिगरिस नदीमा डुंगा डुब्दा कम्तीमा सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ ।
डुंगामा दुई सय जना सवार थिए । उनीहरु सबैजना घुम्नका लागि पर्यटकीय आइल्याण्ड जाँदै थिए । दुर्घटनामा परेका ५५ जनालाई बचाइएको बताइएको छ । त्यहाँका अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यहाँ जानका लागि त्यसअघि नै चेतावनी दिएको बताएका छन् । उनीहरुले मोसुल बाँधको ढोका खोलिएका कारण पानीको वहाब बढेको जानकारी दिएका थिए ।

२०७५ चैत्र ८ गते बिहान ७ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology