• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इलाममा आगलागी, चार घर जलेर नष्ट

इलाममा आगलागी, चार घर जलेर नष्ट


समायोजन खबर
  • बिहिबार, फाल्गुन ३० २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर इलाम,
    इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् । सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए ।

     

    आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय युवराज पिसीले बताएका छन् । आगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरिरहेका छन् । आगो निभाउने र क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ । चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएर पुरा वस्ती नै नष्ट भएको स्थानिय यामबहादुर मुखियाले बताए । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो ।
    २०७५ फागुन ३० गते अपरान्ह ३ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology