• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरियाका लागि १० हजार ५० जना माग, चैत ८ देखि १७ सम्म फारम भर्न पाईने

कोरियाका लागि १० हजार ५० जना माग, चैत ८ देखि १७ सम्म फारम भर्न पाईने


समायोजन खबर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    सरकारले दक्षिण कोरिया जान लिने भाषा परीक्षाको मिति तोकेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ । परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ ।

     

    फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो । कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारी स्तरमै कामदार लैजाने सम्झौता गरेको थियो । यो वर्ष कोरियाले १० हजार ५० जना लैजाने भएको छ । जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा तीन हजार लैजाने तयारी भएको छ । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
    २०७५ फागुन २८ गते बिहान ८ : २६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology