समायोजन खबर काठमाण्डौ,
पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् । बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्राप्त जानकारी अनुसार बर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ भने कतिपय घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ । बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा पर्दा यातायात सेवा समेत अवरूद्ध बनेका छन् । वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको सङ्ख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिएपछि कैयौँ वस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।
२०७५ फागुन १९ साँझ ६ : १५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology