• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फोक्सुण्डो ताल

फोक्सुण्डो ताल


समायोजन खबर
  • आइतबार, फाल्गुन १९ २०७५

  • फोक्सुण्डो ताल

    समायोजन खबर खोटाङ,
    फोक्सुण्डो ताल लाई शे–फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफा पानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो ।

     

    यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ । यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ । यस तालको लम्वाइ ४ दशमलब ८ किलोमिटर चौडाइ १ दशमलब ६ किलोमिटर र गहिराई ६ सय ५० मीटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ’वाई’ आकारको छ । फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ ।

    फोक्सुण्डो ताल र माथिल्लो डोल्पा जाने बाटो

    फोकसुण्डो तालको पानीको घनत्व ४० करोड ९० लाख घनमिटर रहेको छ भने पानीको बहाव ३ दशमलब ७ सय १५ घनमिटर प्रति सेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १ सय ४५ मिटर (४ सय ७६ फिट) रहेको पाइएको थियो ।

    से-फोक्सुण्डो नेसनल पार्क

    सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो । यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३० हजारदेखि ४० हजार बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ । विकिपिडियाको सहयोगमा
    २०७५ फागुन १९ गते बिहान ८ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology