• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दार्चुला जीप दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

दार्चुला जीप दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त


समायोजन खबर
  • शनिबार, फाल्गुन १८ २०७५

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    दार्चुलामा ११ जनाको मृत्यु हुनेगरी भएको जीप दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले पीडित परिवारजनमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ । सामाजिक सञ्जाला ट्विट गर्दै प्रधानमन्त्री ओलीले दुर्घटनाका एक मात्र घाइते जीप चालकको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । गएराति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा ७ महिला, ३ पुरुष र १ बालिका गरि ११ जनाको मृत्यु भएको थियो ।

     

    यसैविचपूर्व प्रधानमन्त्री तथा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रचण्डद्वारा आज जारी गरिएको विज्ञप्तिमा दुर्घटनामा परी निधन भएकाका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित सबैमा पनि प्रचण्डले आग्रह गर्नुभएको छ ।
    २०७५ फागुन १८ गते साँझ ७ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology